जुम्लामा निषेधाज्ञा १० दिन थप गर्न सिफारिस, औषधि पसलबाहेक सबै ठप्प गरिने
निषेधाज्ञा अवधिभर सञ्चालन हुने सरकारी तथा निजी सवारी साधनले अनिवार्य रूपमा जिल्ला प्रशासन कार्यालय जुम्लाबाट सवारी पास लिएर मात्र सञ्चालन गर्न निर्णय भएको हो।
दशैँको चहलपहलसँगै कोरोनाभाइरस सङ्क्रमण दरमा पनि वृद्धि देखिएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक सार्वजनिक गर्ने तथ्याङ्क हेर्दा पाँच दिनअघि अर्थात् असोज ३० गते १४७ जना नयाँ सङ्क्रमित फेला परेका थिए।त्यसको चौथो दिन अर्थात् कार्तिक २ गते १,०९६ जना नयाँ सङ्क्रमित थपिएको मन्त्रालयको तथ्याङ्क छ।मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार दशैँअघि सङ्क्रमण दर पाँच प्रतिशतको हाराहारीमा रहेकोमा मङ्गलवार १० प्रतिशत पुगेको हो।प्रवक्ता पौडेल भन्छन्, 'एक-दुई दिनका तथ्याङ्क हेरी सङ्क्रमण दर फेरि बढ्न थालेको भनेर निष्कर्षमा पुग्न सकिँदैन। तर चाडबाडका बेला आवतजावत लगायतका गतिविधि बढ्दा सङ्क्रमण दर चाहिँ बढेको हुन सक्छ।'चाडबाडका बेला रोकिएका पीसीआर र एन्टिजन परीक्षणका नतिजाहरू एकै पटक आउँदा सङ्क्रमित बढेको हुन सक्ने सम्भावना पनि उनले औँल्याए।प्रवक्ता पौडेलका अनुसार सङ्क्रमणको पछिल्लो प्रवृत्तिबारे निष्कर्षमा पुग्न अबका केही दिनको तथ्याङ्कको विश्लेषण गर्नुपर्ने हुन्छ।सङ्क्रमणसम्बन्धी दुई-चार दिनयताको तथ्याङ्क हेर्दा खासगरी काठमाण्डू उपत्यकामा तिहारका बेला निषेधाज्ञा लागु हुन सक्छ कि भन्ने कतिपयले आशङ्का गर्न थालेका छन्।तिहारमा निषेधाज्ञा जारी होला?काठमाण्डू उपत्यकाका तीन जिल्ला प्रशासनहरूले 'पर्ख र हेर'को नीति लिएको देखिन्छ।भिडभाड नगर्न र जनस्वास्थ्यका मापदण्ड पालना गर्न अपील गरिएको भए पनि त्यस्तो हुन नसकेको महसुस गरेको काठमाण्डूका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल बताउँछन्।तिहारका बेला निषेधाज्ञा लागु होला त भन्ने जिज्ञासामा उनले भने, 'अब छिट्टै नै जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठक बसेर तिहार र छठको सन्दर्भमा थप सङ्क्रमण फैलिन नदिनका लागि कस्तो रणनीति अपनाउने भन्नेबारे टुङ्गोमा पुग्छौँ।'ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय दशैँका बेला सङ्क्रमण बढ्न सक्ने आकलनका आधारमा सकेसम्म कम आवतजावत गर्न आफूहरूले अपील गरेको स्मरण गर्छन्।सङ्क्रमणको अवस्था हेरेर स्वास्थ्य मन्त्रालयसँग समन्वय गरी भावी अवस्थाको विश्लेषण र आकलनका आधारमा आगामी कदम चालिने उनले बताए।'सङ्क्रमणको हिसाबले एक-दुई दिनयता देखिएकै प्रवृत्ति जारी रह्यो भने कडाइ गर्नुपर्ने अवस्था देखिएमा आवतजावत घटाउने क्रमिक कदमहरू चाल्न सकिन्छ,' उपाध्यायले भने।'जनजीवन ठप्प हुँदैन'सङ्क्रमणको प्रवृत्तिको विश्लेषण गरेर उपत्यकाका तीनवटै जिल्लाले एकसाथ आवश्यक नीति अपनाउनुपर्ने आवश्यकता भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेशी शर्मा औँल्याउँछिन्।तर जनजीवन र आर्थिक गतिविधिलाई पूर्ण रूपमा ठप्प नै पार्ने गरी कदम नचालिने उनले सङ्केत गरिन्।'कुनै ठाउँमा बढी सङ्क्रमण छ भने हामीले स्थानीय तहसँग समन्वय गरी स्थानविशेषलाई, केही गतिविधिलाई नियन्त्रण गर्नुपर्ने हुन सक्छ,' शर्माले भनिन्।'एक हप्ताको हामी प्रवृत्ति विश्लेषण गर्छौँ र छलफल गरी निर्णयमा पुग्छौँ।'दशैँ मनाएर गाउँगाउँबाट मानिसहरू अहिले सहर फर्कन थाल्ने क्रम शुरू भएको छ।मानिसहरू ओहोरदोहोर गर्ने क्रमसँगै अबका केही दिनभित्र सङ्क्रमणको वास्तविक चित्र आउन सक्ने विज्ञहरूले बताएका छन्। -बिबिसी नेपालीबाट
असार ४, चितवन । निषेधाज्ञाको शुरुवाती चरणमा सुनको भाउ क्रमश उकालो लागेपनि पछिल्ला दिनहरुमा भने ओरालो लाग्दै गएको छ । अन्तरराष्ट्रिय बजारमा सुनको भाउ घटेसँगै यसको असर नेपालमा पनि परेको हो । हाल सुन आयात ठप्प छ भने निषेधाज्ञा खुकुलो भएपछि माग ह्वात्तै बढ्नेछ ।
निषेधाज्ञाको समयमा व्यवसाय बन्द हुँदा पनि गहनाको अर्डर आएता पनि व्यवसायीले गहना विक्री गर्न पाएका छैनन् । जसका कारण निषेधाज्ञा खुकुलो हुँदा माग बढी र मूल्य सस्तो हुँदा सुनको चरम संकट हुने देखिएको व्यवसायीले बताएका छन् ।
‘निषेधाज्ञा खुलेसँगै सुन र गरगहनाको माग बढ्ने तर आपूर्ती सहज नहुने देखिएकोले उनीहरुमा चिन्ता थपिएको हो । ‘पहिलेदेखिनै सुनको अभाव कायम छ अहिले विदेशबाट सुन आउन पनि ठप्प छ । अब त फेरी दिनदिनै सुनको भाउ घटिरहेको छ । निषेधाज्ञा खुलेपछि सुनको चरम संकट हुने देखिन्छ ।’ जय शन्तोषी सुनचाँदी शोरुमका सञ्चालक रुवीन रामुदामु भन्छन् ।
पछिल्लो साता सुनको भाउ निरन्तर ओरालो हुँदै जाँदा कारोबार बढेपनि फाइदा भने नहुने उनको भनाइ छ । उनका अनुसार यसअघि विदेशबाट आउने व्यक्तिले सुन ल्याउने गरेपनि विश्वभर कोरोना महामारीका कारण हवाईयातायात सहज नहुँदा थप अभाव हुने देखिन्छ । ‘निषेधाज्ञा पछिनै सुनको भाउ उकालो लागेको लागै थियो, उनले भने, ‘अब कोरोना महामारीको प्रभाव घट्दै जाँदा यसको भाउ पनि घटेको छ ।’ सुन आयातमा निजी तथा विदेशी कम्पनीलाई पनि लगानी गर्ने वातावरण भए सुनचाँदी व्यवसायलाई सहज हुने उनको भनाइ छ ।
विगत केही वर्षदेखि सुनचाँदी व्यवसाय र उपभोक्तामा गरगहनाको आकर्षण भएपनि पछिल्लो समय मूल्य उत्तारचढावका कारण सुनचाँदी कारोबार पनि स्थिर हुन सकेको छैन । विशेषगरी ग्राहकले सिजन, बिहे, चाडपर्वमा पनि यसको कम प्रयोग गर्न थालेका छन् । ‘सुनको भाउ जति बढ्दै जान्छ गहनाको विक्री पनि उति घट्न जान्छ । भाउ कम भए विक्री पनि बढ्छ ।’ आधुनिक सुनचाँदी पसलका सञ्चालक विकास बर्मा भन्छन् ।
कोरोना कहरसँगै मानिसको क्रयक्षमतामा ह्रास हुँदै जाँदा गत सालभन्दा पनि झण्डै ५० प्रतिशत कारोबारमा कमी आएको उनले बताए । ‘कारोबारमा कमी पनि छ, आवश्यक परेको बेला सुन अभाव छ । हामी दोहोरो मारमा छौं ।’ उनले भने ।
गत १ वर्षदेखि खस्कदै गएको देशको अर्थतन्त्र र आर्थिक गतिविधि सुस्त भएसँग यसको असर सुन व्यवसायमा पनि परेको हो । सुन विलासी वस्तु र गरगहना खरीदविक्री मानिसको प्राथमिकता नपर्ने गरेका कारण सुनको अभावसँगै व्यवसाय पनि संकटमा पर्दै आएको छ ।
नेपाल सुनचांँदी व्यवसायी संघ, चितवनका वरिष्ठ उपाध्यक्ष यम बहादुर बिक कोरोनाको कहरसँगै सुनको मूल्यमा उत्तारचढाव आउँदा यस व्यवसायले गति लिन नसकेको बताउँछन् । ‘अन्तरराष्ट्रिय बजारमा डलर घट्दा, सुनको भाउ बढ्छ, उनले भने नेपालमा डलर बढ्दा यो सँगै मूल्य बढ्ने भयो ।’ हाल सुनको आयात बन्द भएकोले निषेधाज्ञा खुलेपछि पनि आयात प्रक्रियामा ढिलाई हुन हुनाले आफूहरु चिन्तित भएको उनले बताए । नेपाल सुनचाँदी व्यवसायी महासंघले सरकारलाई निषेधाज्ञासँगै सुन आयात बन्द गर्ने सिफारीश गरेपछि त्यसयता सुन आयात हुन सकेको छैन । निषेधाज्ञा खुलेपनि कोरोना महामारीका कारण हवाईउडान सहज नहुँने हुँदा व्यवसायी थप मर्कामा पर्ने भएका हुन् ।
निषेधाज्ञा खुकुलो भएपछि मानिसहरुको रोकिएका वैवाहिक तथा शुभकार्य शुरु हुनाले सुनको मागको अनुपात बढ्ने गर्छ । साथै अब नेपालीहरुको चाडपर्व शुरु हुने समय भएकोले पनि सुनको अभाव हुने र कारोबारमा असन्तुलन आउने व्यवसायीले बताएका छन् ।
सुनको अभाव नहुन र यसको सन्तुलन ल्याउनुको साथै व्यवसायलाई गतिदिन बारम्बार छलफल, जुम बैठक भइरहेको बताउँछन् सुनचाँदी व्यवसायी महासंघका तृतिय उपाध्यक्ष विपिन रामुदामु । ‘महासंघकै सिफारीशमा सुन आयात गर्न रोकिएको हो । अब हामी यसको सहजताका लागि सरकारसँग अनुरोध गर्छौं ।’ रामुदामुले भने । हाल अधिकांश बजार ठप्प रहेको र गरगहनाको माग पनि नभएकोले आयात बन्द गर्नुपरेको उनको भनाइ छ ।
शुरुवाती क्षणमा सुनचाँदीको भाउ निरन्तर बढेपनि पछिल्लो साता सुनको भाउ निरन्तर घट्दै जाँदा माग अत्याधिक बढ्न जानेछ । सुनको भाउ सस्तो भएपछि ग्राहकले पनि किन्न खोज्छन् । गहनाको माग बढेपछि हामीले पनि थप खरीद गर्न खोज्छौं उनले भने, आपूर्ती भने जताततै बाट ठप्प भएको छ ।’ दोस्रो लहरको निषेधाज्ञामा प्रतितोला ९० हजारको हाराहारीमा रहेको सुनको भाउ बीचको समयमा प्रतितोला ५ हजारसम्म भाउ बढेको सुन पछिल्लो दिनहरुमा पुनः पहिलेकै अवस्थामा आएको छ । चितवनमा झण्डै ५०० सय हाराहारीमा सुनचाँदी पसल सञ्चालनमा छन् ।
हेटौंडा : कोरोना भाइरस नियन्त्रणका लागि भएको निषेधाज्ञामा मकवानपुरमा ठूलो मात्रामा लागुऔषध ओसारपसार गर्नेहरू थप सक्रिय बनेका छन्। अरु बेलामा सानो मात्रामा लागुऔषध ओसारपसार गर्नेलाई यतिबेला ठूलो परिमाणमा अवैध लागुऔषध ओसारपसार गर्न मौका परेको छ।जिल्लामा कोरोना नियन्त्रणको लागि करिब डेढ महिनादेखि निषेधाज्ञा जारी छ। वैशाख १८ गतेदेखि जारी निषेधाज्ञाले जिल्लाको सबै क्षेत्र ठप्प बनेको बेलामा ठूलो मात्रामा लागुऔषध ओसारपसार गर्नेहरू अत्यावश्यक सामान बोक्ने गाडीको दुरुपयोग गरेर प्रहरीको आँखा छल्दै लागुऔषध
काठमाडौं । सरकारले कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि लगाएको निषेधाज्ञा लम्ब्याउँदै गएपछि व्यापारीहरूले आफूले व्यापार व्यवसाय गर्दै आएको सटर खाली गर्न थालेका छन् । जारी निषेधाज्ञाका कारण सटरको भाडा तिर्न समस्या भएको भन्दै व्यापारीहरूले सटर खाली गर्न थालेका हुन् ।
महामारी नियन्त्रण गर्न सरकारले काठमाडौं उपत्यकामा गत वैशाख १६ गतेदेखि जारी गरेको निषेधाज्ञा पछिल्लोपटक १ साताका लागि थप गरेर आगामी असार ७ गते सम्मका लागि लम्बाइएको छ । सरकारले पटकपटक थपिरहेको निषेधाज्ञाको मारले सटर खाली गर्नुपर्ने अवस्था आएको व्यापारीहरूले बताएका छन् ।
पछिल्लो १ साताभित्र काठमाडौं उपत्यकासहित पोखरा, विराटनगर, बुटवल, नेपालगञ्जलगायत करीब १५ सयभन्दा बढी व्यापारीहरूले सटर खाली गरेको र यो क्रम बढिरहेको नेपाल राष्ट्रिय व्यवसायी महासंघले जानकारी दिएको छ । महासंघका अध्यक्ष नरेश कटुवालका अनुसार यसरी सटर खाली गर्नेहरूमा करीब ५० प्रतिशत व्यापारी काठमाडौं उपत्यकाभित्रका रहेका छन् । काठमाडौंका मुख्य व्यापारिक केन्द्रहरू ठमेल, न्यूरोड, असन, इन्द्रचोक, कोटेश्वर, कलंकीलगायत स्थानमा सटर खाली हुने क्रम बढेको उनले बताए ।
सटर खाली गरेर जानेहरूमा धेरैजसो फेन्सी, जुत्ता चप्पल पसल र होटेल व्यवसाय गरिरहेका साना व्यापारीहरू रहेका छन् । गतवर्ष पनि लामो बन्दाबन्दीका कारण काठमाडौं उपत्यकाभित्र मात्रै व्यापारिक प्रयोजनका करीब ४० प्रतिशत सटर खाली भएको महासंघको तथ्यांक छ ।
गतवर्ष र अहिलेको निषेधाज्ञाबाट साना तथा मझौला व्यवसायीहरू नै सबैभन्दा बढी मारमा परेको बताउँदै अध्यक्ष कटुवालले सरकारले असार ७ पछि फेरि पनि निषेधाज्ञा लम्बाएमा आफूहरूले त्यसलाई प्रतिकार गरेरै भए पनि पसल व्यवसाय सञ्चालन गर्ने बताएका छन् । राष्ट्रिय व्यापार संघ न्यूरोडका महासचिव वैकुण्ठ दाहालले पनि सरकारले आगामी सातादेखि फेरि पनि निषेधाज्ञा लम्बाएमा आफूहरूले त्यसलाई बेवास्ता गर्दै व्यापार सुचारु गर्ने बताए ।
व्यापार व्यवसाय ठप्प राख्ने हो भने सरकारले घरभाडा छूट र बैंकको ब्याज मिनाहालगायत व्यापारीका माग पूरा गर्नुपर्ने बताइएको छ । काठमाडौंका मुख्य व्यापारिक केन्द्रहरूमा व्यापारीहरूले ठाउँअनुसार एउटा सटरको न्यूनतम २० हजारदेखि २ लाखसम्म भाडा तिर्ने गरेका छन् । गतवर्षको बन्दाबन्दी र अहिलेको निषेधाज्ञाका कारण मुलुकको कुल गार्हस्थ्य उत्पादनमा करीब २२ प्रतिशत योगदान गर्ने र १७ लाखभन्दा बढी मानिसलाई रोजगारी प्रदान गर्ने साना तथा मझौला व्यवसाय यति बेला ठप्प छ भने सञ्चालनमा रहेकाहरू पनि पूर्ण क्षमतामा चल्न सक्ने अवस्था छैन । यसले गर्दा व्यवसायीहरूमा दिनप्रतिदिन निराशा बढ्दै गएको छ ।
कोरोना महामारीका कारण गत वर्ष भएको निषेधाज्ञादेखि नै ठप्प भएको फिल्म क्षेत्र निषेधाज्ञा खुलेपछि पनि सुचारु हुन सकेन। यहीबीच, कोरोनाको दोस्रो लहरको महामारीसँगै डेढ महिनादेखि जारी निषेधाज्ञाका कारण फिल्म क्षेत्रमा आबद्ध कैयौं प्राविधिक तथा कलाकार दैनिक जीवन गुजारा गर्न थप अप्ठेरो स्थिति सामना गरिरहेका छन्। उनीहरुका लागि बेलाबखतमा कलाकार तथा फिल्म क्षेत्र आबद्ध संघ संस्थाहरुमार्फत […]
काठमाडौं उपत्यकासहित देशका अधिकांश जिल्लामा एक महिनादेखि निषेधाज्ञा छ । उपत्यकामा जेठ २० गतेसम्म रहेको निषेधाज्ञालाई पुनः ११ दिन थप गरेर जेठ ३१ गतेसम्म पुर्याइएको छ । निषेधाज्ञाका कारण मनोरञ्जनका अधिकांश क्षेत्र ठप्प छन् । तर, मानिसको जमघटविना गर्न सकिने गीत रेर्कडिङ्ग भने फाट्टफुट्ट रुपमा भएका छन् । गायक प्रकाश सपूतले निषेधाज्ञाको समयमा एउटा गीत […]
काठमाडौं, १२ जेठ । सरकारले निषेधाज्ञामा थप कडाई गरेको छ । हिंडडुल समेत अत्यावश्यकबाहेकको अवस्थामा निषेध गरिएको छ । किराना पसलसमेत एक हप्ता बन्दको आदेश हिजोबाट काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुबाट आएको छ । निषेधाज्ञाको अवज्ञा गर्नेलाई ५ लाखसम्म जरिवाना छ । मास्क नलगाउनेलाई समेत जरिवानाको व्यवस्था गरिएको छ । अत्यावश्यकबाहेकका सेवा ठप्प […]
जुम्ला : जुम्लामा स्वास्थ्य सेवा बाहेक सबै क्षेत्र पूर्णरुपमा बन्द गरिएको छ। जेठ १ गते दिउसो १२ बजेदेखि ११ गते सम्म लागू हुनेगरी जुम्लामा १० दिन निषेधाज्ञा थप गरिएको हो।कोरोना संक्रमण दर दैनिक बढ्दै गएकोले शुक्रबार बसेको कोभिड संकट व्यवस्थापन समितिको बैठकले जेठ १ गते दिउँसो १२ बजेदेखि निषेधाज्ञा लागु गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए।उनले विगतको भन्दा कडा रुपमा लागू हुने गरी निषेधाज्ञा जारी गरिएको जानकारी दिए। अबको १० दिन सम्म जुम्लामा अस्पताल र मेडिकल बाहेक सबै क्ष
वैशाख ३०, म्याग्दी । हिमालपराीको जिल्ला मुस्ताङमा बिहीवार राति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा गरिदैं छ ।
जिल्लामा कोरोनाको दोश्रो लहर फैलिएको भन्दै यसको रोकथाम तथा नियन्त्रणका लागि बिहीवार रातिदेखि एक सातासम्मको लागि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले बताएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको सिफारिसमा जिल्ला सुरक्षा समितिको बैठकको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो ।
मुस्ताङको थासाङ, घरपझोङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका भित्र लागू हुने गरी निषेधाज्ञा जारी गरिएको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी जगदिश अर्यालले जानकारी दिए ।
मुस्ताङमा समेत कोरोना माहामारीको भयावह अवस्था भएकाले यसको रोकथाम तथा न्यूनिकरण गर्ने उद्देश्यले निषेधाज्ञाजारी गर्नु परेको सहायक प्रमुख जिल्ला अधिकारी अर्यालको भनाइ छ ।
उनका अनुसार निशेषआज्ञा अवधिभर संक्रमण जोखिम रहेको तीन ओटा स्थानीय तहमा अत्यावश्यक सेवा बाहेक सबै सेवा ठप्प हुने छन् ।मुस्ताङ भित्रिने जोकोही व्यक्तिले अनिवार्य क्वारेन्टाइन बस्ने प्रतिबद्धता र सुनिश्चिता भएको अवस्था मात्र मुस्ताङ प्रवेशको अनुमती दिने प्रशासनले बताएको छ ।
यस्तै, कोरोनाको दोश्रो लहरसँगै गत वैशाख ११ गतेदेखि बन्द रहेको मुस्ताङको धार्मिक स्थल मुक्तिनाथ मन्दिर आगामी जेठ १५ गतेसम्मका लागि फेरि बन्द गर्ने निर्णय भएको छ । मुस्ताङमा बुधवारसम्ममा ७६ जना संक्रमित रहेका छन् ।
कोरोनाभाइरस (कोभिड– १९) संक्रमण बढेसँगै विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । यतिबेला अत्यावश्यकबाहेक सबै काम ठप्प छन् । मानिसहरू घरभित्रै बस्न बाध्य छन् । निषेधाज्ञासँगै धेरैको रोजगारी गुमेको छ । रोजगारी गुमेसँगै दैनिक ज्याला मजदुरी गरेर खाने मजदुरहरू थप समस्यामा परेका छन् ।यस्तैमा हामीले सडकमा झोला बोकेर...