बारा बस दुर्घटनाका मृतक र घाइतेका परिवारलाई राहत दिन प्रचण्डको आग्रह

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाराको जीतपुर–सिमरा सडकखण्डमा आज बिहान भएको बस दुर्घटनामा ठूलो सङ्ख्यामा धनजनको क्षति भएको घटनाले स्तब्ध बनेको जनाएका छन् । एक वक्तव्य जारी गर्दै उनले दुर्घटनाका मृतकमा श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् । अध्यक्ष दाहालले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै मृतक परिवार र घाइतेलाई राहत तथा क्षतिपूर्ति प्रदान गर्न सम्बन्धित निकायसँग अनुरोध गरेका ५न् । सो दुर्घटनामा १६ जनाको मृत्यु भ