रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सडक निमार्णको कामसँगै पुल निमार्णलाई पनि तीव्रता दिएको छ । केही वर्षयता तिनाउ र दानव नदी क्षेत्रका विभिन्न ठाउँमा धमाधम पुल बनिरहेका छन् । पछिल्ला तीन वर्षमा सो नदीमा ७ वटा पुल बनेका छन् । सोही सिलसिलमा तिनाउ नदीमा फेरि अर्को पुल निर्माणको काम सुरु भएको छ ।तिलोतमा ४ डिङ्गरनगर र बुटवल उपमहानगरपालिका–१७ हरिहरपुरसँग जोडिने गरी तिनाउ नदीमा पुल निर्माणको काम सुरु भएको हो । दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २० करोड ६४ लाख लागतमा पुल निर्माण सुर