अमेरिकाले क्यानडामा खालिस्तान पक्षधर सिख नेता हरदीप सिंह निज्जरको हत्याको विषयमा भारतलाई कुनै विशेष छुट नदिने बताएको छ । अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सलिभनले यस विषयमा अमेरिका सरकार भारत र क्यानडा दुवै देशका उच्च अधिकारीसँग सम्पर्कमा रहेको भन्दै भारतलाई छुट नहुने बताउनुभएको बीबीसीले बताएको छ ।क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले निज्जरको हत्यामा भारतीय गुप्तचरको संलग्नता रहेको कुरा संसदमा बताएपछि दुई देशबीच तनाव बढेको छ ।अमेरिका भारतसँगको सम्बन्धलाई बलियो बनाउने प्रयासमा छ । तर निज्जरको हत्याका सन्दर्भमा पत्...