नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेकै जसरी शासन सत्ता चल्ने हो भने अबको ५ वर्षभित्र लोकतन्त्र नरहने बताएका छन् । शुक्रबार एमाले प्रदेश कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले वर्तमान सरकारका कामकारवाही लोकतन्त्रविरोधी रहेको टिप्पणी गर्दै अझै ५ वर्ष यसरी नै चल्ने हो भने नेपालमा लोकतन्त्र नरहने बताएका हुन् ।उनले एमाले जित्छ जित्दैन भन्ने प्रश्न मुख्य नभएको भन्दै देश जित्छ कि जित्दैन भन्ने प्रमुख रहेको बताए । ‘पाँच वर्ष यसैगरी चल्ने हो