जजिरा एयरलाइन्सको जहाज गौतमबुद्ध विमानस्थलमा, भोलि कुवेतका लागि पहिलो उडान

जेठ २, रुपन्देही । भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रिय उडान शुरु भएको छ ।             सोमवार बिहान ७ बजे पहिलोपटक अन्तरराष्ट्रिय जजिरा एयरलाइन्सको जहाज विमानस्थलमा अवतरण गरेको हो । २५ सय ६६औं बुद्धजयन्तीको अवसर पारेर कुवेतबाट १७८ यात्रु बोकेर न्यारोबडी जहाजले उडान गरेको हो । जहाजलाई विमानस्थलमा पानीका फोहोरासहित स्वागत गरिएको थियो । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको सोमवार बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको छ ।             जजिराले मंगलवार बिहान २ः३० बजेको समयमा नेपालबाट यात्रु बोकी कुवेतका लागि उडान गर्ने योजना रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले बताएको छ ।             उद्योग वाणिज्य संघ सिद्धार्थनगरको पर्यटन विभाग प्रमुख सञ्जय बजिमयका अनुसार साताको तीन दिन (सोमवार, बुधवार र शुक्रवार) नियमित उडान गर्ने गरी प्रक्रिया अगाडि बढेको छ । आफ्नो ट्राभलले भैरहवाबाट जाने ३० यात्रुको बुकिङ गरिसकेको उनले बताए। पुरानो विमानस्थलमा अहिले दैनिक २४ जहाजले आन्तरिक उडान गर्छन् ।             एउटा मात्र रनवेले कारण ट्राफिक चाप हुने गरेकाले चाप व्यवस्थापन गर्न अन्तराष्ट्रिय विमानको उडानलाई रातिको समयमा राखिएको उक्त अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्द दाहालले बताए । रासस

सम्बन्धित सामग्री

जजिराले थाल्यो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक उडान

काठमाडौँ । भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अब दैनिक अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । विमानस्थल कार्यालय भैरहवाका प्रवक्ता सुभास झाका अनुसार बिहान ६ बजे कुवेतबाट आएको जजिरा एयरवेजको जहाज पौने ७ बजे सोही मुलुकका लागि उडेको छ । यसअघि जजिराले सातामा तीन उडान गरिरहेको थियो । जजिराले भैहरवामा उडानको पहिलो दिन २ जेठदेखि नियमित उडान […]

मौसमका कारण काठमाडौँ आउनुपर्ने जजिराको जहाज गौतमबुद्ध विमानस्थलमा अवतरण

काठमाडौँ । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुपर्ने जजिरा एयरको जहाज मौसममा खराबी आउँदा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । कुवेतबाट काठमाडौँका लागी उडान भरेको जहाज मंगलबार भैरहवामा अवतरण गरेको हो । जजिराको जे नाइन ५४१ को जहाज आज बिहान ४ बजेर २२ मिनेटमा भैरहवामा अवतरण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले […]

जजिराको जहाज काठमाडौंबाट ‘डाइभर्ट’,गौतमबुद्ध विमानस्थलमा अवतरण

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुपर्ने जजिरा एयरको जहाज मौसममा खराबी आउँदा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । कुवेतबाट काठमाडौंका  लागि उडान भरेको जहाज मंगलबार भैरहवामा अवतरण गरेको हो । जजिराको जे नाइन ५४१ को जहाज आज बिहान ४ बजेर २२ मिनेटमा भैरहवामा अवतरण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए […]

काठमाडौँमा अवतरण हुनुपर्ने जजिराको जहाज भैरहवामा

भैरहवा – काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुपर्ने जजिरा एयरको जहाज मौसममा खराबी आउँदा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। कुवेतबाट काठमाडौँका उडान भरेको जहाज मंगलबार भैरहवामा अवतरण गरेको हो। जजिराको जे नाइन ५४१ को जहाज आज बिहान ४ बजेर २२ मिनेटमा भैरहवामा अवतरण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए। उनका […]

जजिरा एयरलाइन्सको जहाजको बाहिरी भागमा रगत देखिएपछि…

काठमाडौं, ९ जेठ । यात्रु बोकेर कुवेतबाट आएको जजिरा एयरलाइन्सको जहाजको बाहिरी भागमा रगत देखिएपछि उडान रोकिएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा चरा ठोक्किएको आशंका गरेर उक्त एयरलाइन्सको उडान रोकिएको हो । १ सय २१ जना यात्रु बोकेको जहाज पौने २ बजे राति अवतरण भएको थियो । जहाजमा कुनै क्षति छैन् भने […]

चरा ठोक्किएपछि भैरहवामा जजिरा एयरलाइन्सको जहाज होल्ड

काठमाडौं । गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा जजिरा एयरलाइन्सको जहाजसँग चरा ठोक्किएको भैरहवामा होल्ड गरिएको छ। चरा ठोकिएपछि सावधानी अपनाउँदै राति नै फिर्ता जानु पर्ने जजिराले अहिलेसम्म उडान गरेको छैन । जजिरा एयरलाइन्सको जहाज अहिलेसम्म विमानस्थलमै रहेको छ । हवाई जहाजको बाहिरी भागमा रगत देखिएको छ । तर रनवेमा कतै चरा नदेखिएको विमानस्थलका अधिकारीले […]

जजिरा एयरलाइन्सको जहाजसँग चरा ठोक्किएपछि भैरहवामा होल्ड

गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा जजिरा एयरलाइन्सको जहाजसँग चरा ठोक्किएको  भैरहवामा होल्ड गरिएको छ।  चरा ठोकिएपछि सावधानी अपनाउँदै राति नै फिर्ता जानु पर्ने जजिराले अहिलेसम्म उडान गरेको छैन । जजिरा एयरलाइन्सको जहाज अहिलेसम्म विमानस्थलमै रहेको छ ।हवाई जहाजको बाहिरी भागमा रगत देखिएको छ । तर रनवेमा कतै चरा नदेखिएको विमानस्थलका अधिकारीले  बताएका छन्। पाइलटहरूले अवतरणको क्रममा चरासँग ठोकिएको आशङ्का गरेका छन् । १ सय २१ जना यात्रु बोकेर आएको जजिरा एयरलाइन

गौतमबुद्ध विमानस्थलमा जजिरा एयरबेजको पहिलो अन्तर्राष्ट्रिय उडान (तस्बिरहरु)

रुपन्देहीमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सोमबारदेखि व्यावसायिक रुपमा सञ्चालनमा आएको छ । विमानस्थलको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका हुन् ।   विमानस्थलको उद्घाटनसँगै कुबेतको जजिरा एयरबेजको जहाज बिहान ७ बजेर ८ मिनेटमा विमानस्थलमा अवतरण गरेको छ । यस्तै नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज पनि बिहान ६ बजेर ५५ मिनेटमा अवतरण गरेको छ ।निगमले व्यावसायिक उडान गर्दा जजिराको जहाज दोहाबाट कुबेत ट्रान्जिट गरी नेपाल आएको हो ।  गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

जजिराको जहाज गौतमबुद्ध विमानस्थलमा अवतरण

लुम्बिनी – सोमबार उद्घाटन हुन लागको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा कुवेतको जजिरा एयरलाइन्सले पहिलो व्यवसायिक उडान सहित अवतरण गरेको छ। जहाजले बिहान सबा ७ बजे विमानस्थलमा जहाज ल्याण्ड गरेको हो। पहिलो जहाज अवतरणको लागि भव्य स्वागत गरिएको थियो। बुद्ध पूर्णिमाको अवसर पारेर कुवेतको जजिरा एयरलाइन्सको जहाज पहिलोपटक सोमबार बिहान १ सय ७५ जना यात्रु बोकेर विमानस्थलमा […]