नेकपा एमालेले खोटाङमा विशाल भट्टराईलाई प्रतिनिधिसभा सदस्य उम्मेदवारको टिकट दिएको छ । आगामी ४ मंसिरका लागि तोकिएको निर्वाचनका लागि एमालेले प्रमुख सचेतक भट्टराईलाई टिकट दिएको हो । जिल्ला कमिटिबाट भट्टराईसहित उषाकला राई, खगेन्द्र राई, देवान राई, पाँचकर्ण राई, रमेश पौडेल र राजनप्रसाद ढकालको नाम सिफारिस भए पनि भट्टराईले टिकटमा बाजी मारेका हुन् । भट्टराई २०७० को संविधानसभा र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका थिए । यस्तै, एमालेले खोटाङ प्रदेशसभा ‘क’मा पाँचकर्ण रा