'डार्क हर्स' जापानलाई क्रोएसियाले रोक्ला ?

कतार विश्वकप अरेबियन टिमका लागि उत्साहप्रद रहेन। साउदीले अर्जेन्टिनालाई हराएर सनसनि मच्चाएको बाहेक अरेबियन टिमका लागि कतार विश्वकप पनि औसत रह्यो। तर समग्र एसियालाई हेर्ने हो भने कतार विश्वकप नकआउटसम्म पुग्नका लागि उत्कृष्ट विश्वकप दर्ज भयो।एसिया क्षेत्रबाट अस्ट्रेलिया, जापान र दक्षिण कोरियाले नकआउटमा स्थान बनाए।यसमा पनि जापानको नतिजा साँच्चिकै अविश्वसनीय छ। जापानले समूह चरणमा जसरी खेल्यो उसको यही लय कायम रहे धेरै अघिसम्म पुग्ने आँकलन गरिएको छ।जापानले समूह चरणमा उपाधि दाबेदार जर्मन