काठमाण्डाै - राष्ट्रिय पुस्तकालयको भवन काठमाण्डौको जमलमा नै बन्ने भएको छ । मन्त्रिपरिषद्को बैठकले निर्णय गरेपछि पुस्तकालयको प्रक्रिया अघि बढेको हो । यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले जमलको जग्गामा त्रिचन्द्र क्याम्पस सार्ने भन्दै भवन निर्माणमा रोक लगाएको थियो ।
व्यापारिक कम्पनीलाई जग्गा सुम्पन सरकारले राष्ट्रिय पुस्तकालय भवन बनाउन रोकेको भन्दै पुस्तकायलयकर्मीले विरोध जनाएका थिए । २०७२ सालको भूकम्पदेखि पुस्तकालयका महत्त्वपूर्ण पुस्तकहरू अलपत्र अवस्थामा रहेकाले सरकारले जमलमा नै भव्य भवन बनाउने गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्र...