धादिङ बस दुर्घटना: घाइते १३ जनालाई उपचारका लागि काठमाडौं लगियो [अपडेट]

पृथ्वी राजमार्गमा बस दुर्घटनाको क्रममा घाइते भएका १३ जनालाई उपचारका लागि काठमाडौं लगिएको छ । घाइतेमध्ये चार जनाको गजुरी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।