काठमाडौं : सुकुमवासीहरूले विकल्पविना काठमाडौं महानगरपालिकाले बस्तीमा डोजर लगाउनु घोर अन्याय र अत्याचार भएको बताएका छन्।महानगरपालिकाले बस्ती हटाउन थालेपछि उनीहरूले विज्ञप्ति जारी गर्दै यस्तो काम बन्द गर्न माग गरेका छन्। उनीहरू आज (मंगलबार) महानगरपालिका घेराउ गर्दै चर्को नारासहित विरोध प्रदर्शन गरेका छन्। ‘महानगरपालिकाका मेयर, एकीकृत बागमती सभ्यता विकास समिति संविधान नमान्ने संविधान विरोधी र संविधान माथिको हस्तक्षेपकर्ता हो, संविधान बमोजिम बनेको कानुन र कानुन बमोजिम राजनीतिक दल सम्