काठमाडौं : काठमाडौं महानगरका प्रमुख बालेन साहले उपत्यकाको फोहोर ल्याण्डफिल साइट पुग्ने सडक निर्माणका लागि सडक विभागसँग समन्वय भइरहेको बताएका छन्। सोमबार काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा काम गर्ने निजी तथा गैरसरकारी संघ संस्थाका प्रतिनिधिसँगको भेटमा उनले सो कुरा बताएका हुन्।भेटका क्रममा प्रतिनिधिहरूले बर्खामा हुने सडक समस्याको कुरा उठाएपछि प्रमुख साहले निर्माण हुन बाँकी रहेको सडक खण्ड चाँडै बनाइसक्न आफूले समन्वय गरिरहेको बताए। काठमाडौंका सडकमा भएको सबै फोहोर उठाउन तपाईं