एमाले अध्यक्ष ओलीले विगतमा राष्ट्रपति र प्रधानसेनापतिसँग गोप्य वार्ता गरेकाे नेपालको आरोप

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बनाईएको बंकरभित्र बसेर विगतमा तत्कालीन प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति र प्रधानसेनापतिसँग गोप्य वार्ता गरेको आरोप लगाउनुभएको छ । बालुवाटारमा तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणासँग पनि भेटेर सेटिङमा संसद विघटन गरिएको नेपालले बताउनुभयो । आज (आइतबार) पार्टी निकट पत्रकारहरुलाई काठमाडौंमा सम्बोधन गर्दै नेपालले प्रधानसेनापति र राष्ट्रपतिसँग […]