काठमाडौं, चैत १७ । चुनावको संघारमा सरकारले ७७ वटै जिल्लामा राष्ट्रिय भूमि आयोग (सुकुमवासी आयोग) का जिल्ला समिति गठन गरेको छ। निर्वाचन आचार संहिता लागु हुनुअघि हतारहतार सबै जिल्लामा आयोग गठन गरिएको हो। भूमि व्यवस्थामन्त्री शशि श्रेष्ठले ७७ जिल्लामा आयोग गठन गरिएको बताइन्। भूमि व्यवस्था मन्त्रालयका अनुसार बिहीबार मीनभवनस्थित राष्ट्रिय सहकारी तालिम केन्द्रको भवनमा नवनियुक्त […]