माधव नेपालको पार्टी कृत्रिम गर्भाधानबाट जन्मिएको बच्चाजस्तो : अधिकारी

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद तथा पूर्व गृहमन्त्री खगराज अधिकारीले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी कृत्रिम गर्भाधानबाट जन्मिएको बच्चा जस्तो भएको टिप्पणी गरेका छन् । बिहीवार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा सांसद अधिकारीले नेकपा एकीकृत समाजवादी अवैधानिक पार्टी भएको जिकिर गरे । उनले नेकपा एमाले कानून र संविधानको रक्षाका लागि दृढताका साथ संसदमा उभिरहने बताए । उनले नेकपा एमालेले गरेको संसदको अवरोध खुलाउन खोजिएको हो भने प्रधानमन