म्याग्दी : देउता भिर गुफा नाम नै अनौठो छ। गुफा अजंग भिरको अप्ठ्यारो भागमा रहेको छ।मालिका गाउँपालिका–५ देवीस्थानको पुछारमा रहेको बेसीगाउँबाट झण्डै डेढ घण्टाको जोखिमपूर्ण बाटो हुँदै देउता भिर गुफामा पुगिन्छ। भिरमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने भएकाले यो गुफामा सितिमिति कोही पनि जान सक्दैनन्मगरदाङ पनि भनिने बेसी गाउँको फेदीमा रहेको दाङखोला तरेर एक घण्टाको उकालो बाटो हिँडेपछि पुगिने देउता भिर गुफा र अजंगको भिरमा गुफाभित्र थुनिएजस्ता देवीदेवता देखिन्छन्।गुफामा पुगेपछि अनौठा प्राकृ