गण्डकीका मुख्यमन्त्री पोखरेलले भने- राष्ट्रसेवक कर्मचारी सेवाप्रवाह र नीति कार्यान्वयनमा खरो उत्रनुपर्छ

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राष्ट्रसेवक कर्मचारी सेवाप्रवाह र नीति कार्यान्वयनमा खरो उत्रनुपर्ने बताएका छन् ।  १८ औँ निजामती सेवा दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले स्थायी सरकारका रुपमा रहेको कर्मचारीतन्त्रको प्रभावकारितामा नै सरकारको सफलता निर्भर हुने बताए ।  निजामती सेवालाई थप व्यावसायिक र सिर्जनशील बनाउने तथा विकास, समृद्धि र सुशासन प्रवर्द्धनमा सबै निजामती कर्मचारी ऐक्यबद्ध रूपमा परिचालित भई सरकारको नीति कार्यान्वयनमा प्रतिबद्ध हुनु आवश्यक रहेको शुभकामना सन्देशमा भनिएको छ । ...