स्मार्ट ब्राण्डका दुई एसयूभी बिक्री सुरू हुँदै, प्रतिस्पर्धा थप रोचक हुने

काठमाडौं । विश्व चर्चित लग्जरी ब्राण्ड मर्सिडिज र चिनियाँ कम्पनी जिली होल्डीङ मिलेर बनाएको स्मार्ट ब्राण्ड नेपालमा बिक्री सुरु हुने भएको छ । सिजी मोटर्सले स्मार्टका #1 र #3 मोडल नेपाल ल्याएर बिक्री सुरु गर्न लागेको हो । मर्सिडिज र जिलीको संयुक्त टीमले तयार पारेको डिजाइनमा बनेका यी कारहरु निकै लग्जरी फिचरले भरिपूर्ण रहेका छन् […]