स्वास्थ्यमन्त्री गिरी उपचाररत नेता पुनलाई भेट्न सुमेरु अस्पताल पुगे

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै स्वास्थ्यलाभको कामना गरेका छन्। ललितपुरस्थित सुमेरु अस्पतालमा उपचाररत नेता पुनलाई मन्त्री गिरीले भेटी स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै स्वास्थ्य लाभको कामना गरेका हुन्।