धौलागिरि अस्पतालमा शल्यक्रिया बिनै झण्डै ५ केजीको बच्चा जन्मियो

काठमाडाैं । बागलुङको धौलागिरि अस्पतालमा पहिलोपटक सबैभन्दा बढी तौल भएको बच्चाको जन्म भएको छ । बडादशैंका बेला अस्पतालमा स्त्रीरोग विशेषज्ञ नहुँदा पनि विद्यमान स्वास्थ्यकर्मीको सक्रियतामा बागलुङ जैमिनी नगरपालिका वडा नम्बर ३ की ३२ वर्षीया मालती छन्त्याल तामाङले अहिलेसम्मको बढी तौल भएको बच्चालाई जन्म दिएकी हुन् । उक्त बच्चाको तौल चार केजी सात सय ५० ग्राम […]