इजराइल–हमास द्वन्द्वमा टर्किएद्वारा मध्यस्थताको प्रस्ताव

टर्किएका राष्ट्रपति रेसेप तय्यप एर्दोगानले हमास–इजराइल द्वन्द्वको मध्यस्थताका लागि प्रस्ताव गरेका छन्। उनले यसका लागि आफ्नो कूटनीतिक प्रयासलाई निरन्तरता दिने बताएको टर्कीमा रहेको अनाडोलु समाचार समितिले जनाएको छ।“यदि दुवै पक्षले अनुरोध गरेको खण्डमा बन्दीहरूको आदानप्रदानसहित कुनै पनि प्रकारको मध्यस्थताका लागि टर्किए तयार रहेको म बताउन चाहन्छु” एर्दोगानले भने, “हामीले केही समयदेखि कायम राख्दै आएको हाम्रा कूटनीतिक सम्पर्कलाई निरन्तरता दिइरहेका छौँ र पछिल्ला दिनमा हामीले यसलाई