प्रचण्ड र नेपाल आलोपालो अध्यक्ष

काठमाडौं । नेकपा (दाहाल–नेपाल) समूहको पार्टी बैठकमा दुवै अध्यक्षले आलोपालो अध्यक्षता गर्न सुरु गरेका छन्। अध्यक्षद्धय पुष्पकमल दाहाल र माधव नेपाल बराबरी हैसियतमा रहने व्यवस्थाअनुसार आलोपालो अभ्यास सुरु भएको हो। आइतबारको बैठकको अध्यक्षता अध्यक्ष नेपालले गरेका हुन्।यसअगाडि पुस ७ र ९ गते स्थायी समिति बैठकको अध्यक्षता दाहालले गरेका थिए। पार्टी केन्द्रीय नेताहरूको कार्यविभाजन र एकता एकीकरणका बाँकी काम सम्पन्न गर्ने गरी प्रस्ताव तयार पार्न दाहाल–नेपाल समूहको स्थायी समिति बैठकले अध्यक्ष माध

सम्बन्धित सामग्री

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड कैलाली आउँदै

पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कैलाली आउने भएका छन् । भजनी नगरपालिका कार्यालयको भवन उद्घाटन र पार्टीका कार्यक्रममा सहभागी हुन अध्यक्ष प्रचण्ड बुधवार बिहान धनगढी आइपुग्ने नेकपा माओवादी केन्द्र कैलालीले जनाएको छ । नियमित उडानबाट बिहान करीब ८ बजे धनगढी विमानस्थल आइपुग्ने प्रचण्ड त्यहाँबाट पूर्वपश्चिम राजमार्ग हुँदै सिधै भजनी जाने कार्यक्रम छ । अध्यक्ष प्रचण्डले भजनीमा भजनी नगरपालिका कार्यालयको नवनिर्मित भवनको उद्घाटन गरेपछि बौनियामा नेकपा माओवादी केन्द्रको बर्दगोरिया ग...

माओवादी अध्यक्ष प्रचण्ड बिरामी

काठमाण्डाै – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिरामी पर्नुभएको छ । उहाँलाई उच्च रक्तचाप, वान्ता हुने लगायतका समस्या देखिएपछि ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ । उहाँको अवस्था सामान्य रहेको र चाँडै डिस्चार्ज हुने उहाँकी छाेरी गंगा दाहालले जानकारी दिनुभएको छ । कर्णाली प्रदेशका उच्च हिमाली जिल्ला र पूर्वका भोजपुर लगायतका ठाउँमा पार्टीका कार्यक्रममा सहभागी हुँदा धपेडी र चापका कारण उहाँ बिरामी परेको दाहालले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ ।

माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच भेटवार्ता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। नेताद्वयबीच माओवादी संसदीय दलको कार्यादल सिंहदरबारमा सोमबार भेट भएको छ। भेटमा राजदूत नियुक्त, प्रदेश...

माओवादी अध्यक्ष छाड्न प्रचण्ड तयार

काठमाडौं, असोज १५। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व हस्तान्तरण गर्ने बताएका छन्। राम्रो विचारधारा, कार्यदिशा बोकेको, राम्रो काम गरेर आउने साथीलाई बाटो छोडिदिने उनको भनाइ छ। अनेरास्ववियू (क्रान्तिकारी) को २२ औँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै दाहालले योग्य व्यक्ति आए आफूले जिम्मेवारीबाट बिदा लिन चाहेको बताए। माओवादीभित्रै प्रचण्डको काम छैन, आफैँ अघि […]

ओलीको गृह जिल्लामा प्रचण्ड-नेपाल पक्षका अध्यक्ष वेदराज रेग्मी

पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अधिकांश जिल्लाको अध्यक्ष र सचिवको टुंगो लगाएको छ । प्रचण्ड र नेपालले शुक्रवार विभिन्न जिल्लाको अध्यक्ष र सचिवको टुंगो लगाएर आन्तरिक सर्कुलर जारी गरेका हुन् । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामा प्रचण्ड-नेपाल समूहले वेदराज रेग्मीलाई अध्यक्ष बनाएको छ । रेग्मी पूर्वएमाले पृष्ठभूमिका हुन् । सचिवको जिम्मेवारी मणि कुमार साङपाङले पाएका छन् । यसअघि नेकपा एकीकृत छँदा चिन्तन पाठक अध्यक्ष थिए । साङपाङ भने यसअ...

रहबर अन्सारी बने नेकपा प्रचण्ड नेपाल समूहको वीरगञ्ज महानगर अध्यक्ष

पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अधिकाशं जिल्लाको अध्यक्ष र सचिवलको टुंगो लगाएको छ । प्रचण्ड र नेपालले शुक्रवार विभिन्न जिल्लाका अध्यक्ष र सचिवको टुंगो लगाएर आन्तरिक सर्कुलर जारी गरेका छन् । प्रचण्ड नेपाल समूहले वीरगञ्ज महानगरको अध्यक्षमा रहबर अन्सारीलाई अध्यक्ष चयन गरेको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा अन्सारी तत्कालीन माओवादी केन्द्रका तर्फबाट वीरगञ्ज महानगरको मेयरका प्रत्यासी थिए । वीरगञ्ज महानगर कमिटीको सचिवमा मनोज चौधरी नियुक्त भएका छन् । नेक...

यी हुन् प्रचण्ड–नेपाल समूहका ६८ जिल्लाका अध्यक्ष र सचिव [नामावलीसहित]

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनपछि प्रचण्ड–नेपाल समूहले देशभर ६८ जिल्लामा अध्यक्ष र सचिव चयन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा लागेका अध्यक्ष र सचिवका कारण रिक्त रहेका जिल्लामा प्रचण्ड–नेपाल समूहले पदपूर्ति गरेको हो । यसअघि प्रचण्ड–नेपाल समूहले ९ बुँदे मापदण्ड बनाउँदै पदीय बाँडफाँड गर्ने निर्णय गरेको थियो । निर्णय अनुसार पूर्व माओवादीबाट ३५ जिल्ला र पूर्व एमालेबाट ३३ जिल्लामा अध्यक्ष चयन गरिएको छ । देशभरका विभिन्न ९ जिल्लामा भने नेतृत्व चयन भएको छैन । यी हुन् अध्यक्ष र सचिवको जिम्मे...

झालेझेलपूर्ण निर्वाचनबाट केपी ओलीले अध्यक्ष जितेका हुन् : प्रचण्ड

नेकपा प्रचण्ड- नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले तत्कालीन एमालेको नवौँ महाधिवेसनमा केपी ओलीले जालझेल पूर्ण निर्वाचनको कारण अध्यक्ष बनेको बताएका छन्

माधव नेपाल एक नम्बर अध्यक्ष हुनुहुन्छ, म माधवसँग मिलेँ– प्रचण्ड

नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नो पार्टीको पहिलो अध्यक्ष माधव नेपाल भएको बताएका छन् । माधव नेपालकै प्रमुख आतिथ्यमा प्रज्ञा भवनमा आयोजित प्रचण्ड-नेपाल समूहको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रचण्डले माधव नेपाल प्रचण्डसँग लागे भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रचारको खण्डन गरे । 'केपी ओलीले माधव नेपाल प्रचण्डसँग गयो, सिध्दियो भन्नुहुन्छ,' प्रचण्डले भने, 'आज एक नम्बर अध्यक्ष माधव नेपाल हुनुहुन्छ । म माधवभित्र गएँ, म माधवसँग मिलें ।' त्यसअघि प...

अध्यक्ष प्रचण्ड स्वदेश फिर्ता

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिवार स्वदेश फर्किएका छन् । पत्नी सीता दाहालको उपचारका लागि पुस २० गते भारतको मुम्बई गएका प्रचण्ड शनिवार स्वदेश फर्किएका हुन् ।अध्यक्ष प्रचण्डको स्वागतका लागि नेकपाका नेता वर्षमान पुन, जोखबहादुर महरालगायत नेता तथा कार्यकर्ता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल  विमानस्थल पुगेका थिए ।उनी पत्नी सीताको उपचार एवं अन्य बन्दोबस्तका लागि छोरी गङ्गा र रेनु दाहाललाई छाडेर स्वदेश फर्कि