जनता समाजवादी पार्टी नेपाल (जसपा) का प्रतिनिधिसभा सदस्य चन्द्रकान्त चौधरी (महन्थ ठाकुर पक्ष) ले प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको मतमा तटस्थतर्फ मतदान गरेका थिए । तर, उनले आफ्नो मत सच्याए र पुनः विपक्षमा मतदान गरे ।सप्तरीबाट प्रतिनिधिसभाको चुनाव जितेका चन्द्रकान्त चौधरी जसपाका वरिष्ठ नेता राजेन्द्र महतो निकट छन् । अर्थात् उनी महतोले भनेको मान्ने नेता हुन् । त्यसैले, महतोले भनेकै आधारमा उनले तटस्थमा मतदान गरेका थिए ।तर, जसपाका अर्का अध्यक्ष महन्थ ठाकुरको पक्षमा रहेका