नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तत्काल सहकार्यको सम्भावना नरहेको बताउँदै आगामी निर्वाचन परिवर्तनलाई संस्थागत गर्ने पक्ष र उल्ट्याउन खोज्नेहरुको प्रतिस्पर्धा हुने बताउनुभएको छ । प्रेस सङ्ठगन नेपाल प्रदेश समितिद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “आगामी निर्वाचन परिवर्तनलाई संस्थागत गर्ने पक्ष र संसद् अवरुद्ध गर्ने पक्षबीच प्रतिस्पर्धा हुन्छ ।” अध्यक्ष दाहालले …