इतिहासको दस्ताबेजीकरण वर्तमानका लागि मार्गदर्शन हो । नयाँ पुस्ताका लागि पदचाप पछ्याउने माध्यम हो तर नेपाली समाजका कैयौँ इतिहास अलिखित छन् । खोज, सोच र अन्वेषण नहुँदा कतिपय गर्विला इतिहास त्यसै हराएर गएका छन् । अग्रजहरूले समाजमा गरेका काम, सङ्घर्ष र सफलताका कथाहरू नयाँ पुस्ताले लेख्ने प्रयास नगर्दा इतिहासका डोबहरू मेटिने गरेका छन् । नेपालको समाज, राजनीति, परिवर्तनका कतिपय कालखण्डको दस्ताबेजीकरण नहुँदा, प्रचारप्रसार नहुँदा धेरै सादगी र इमानदार व्यक्तिहरू समाजमा ओझेल परेका छन् । दुर्गम र दूरदराजमा काम गरेका, उच्चकोटिको सोच भएका, बिनास्वार्थ समाज र त्यस समाजका सदस्यहरूलाई योगदान पु¥याएर कीर्तिमान बनाएका युगपुरुषहरूको योगदान विस्मृतिमा पुग्ने अवस्था हुँदा त्यसलाई स्मृतिमा ल्याउँदा त्यो उ