हेटौंडा : करिब एक साताअघि हेटौंडा–२ की रञ्जुलाई एक्कासी आफ्नो गर्भमा रहेको शिशु नचलेको महशुस भयो।८ महिनादेखि आफ्नो गर्भमा रहेको बच्चा चल्न छाडेको थाहा पाउनासाथ उनी आत्तिँदै हेटौंडा अस्पताल पुगिन्। अस्पताल पुगेर भिडियो एक्स–रे गरेपछि उनको बच्चा पेटमै मरिसकेको उनले थाहा पाइन्।८ महिनासम्म आफ्ना सबै दुःखकष्ट भुलेर गर्भमा हुर्काइरहेको शिशु जन्मने वेलामा पेटमै मर्यो भन्ने सुन्दा उनलाई कति पीडा भयो होला? एउटी आमाको यो पीडा सबैले अनुभूत गर्न सक्दैनन्।उनलाई कतै घ