पाँचथर : पहिराेले घर बगाउँदा बेपत्ता भएका २ जनाकाे शव ३७ घण्टापछि भेटियाे

पाँचथर – गएकाे शुक्रवार राति पहिरोले घर बगाउँदा बेपत्ता भएका पाँचथरको फालेलुङ गाउँपालिका वडा नम्बर ७ का दुई जनाको शव ३७ घण्टापछि भेटिएकाे छ ।  शुक्रवार राति पहिरोले घर बगाउँदा फालेलुङ वडा नम्बर ७ का रुपलाल मगरको परिवारका तीन जना बेपत्ता भएका थिए । पहिरोमा पुरिएर बेपत्ता भएकाको खोजी गर्ने क्रममा ४२ वर्षका रुपलालको शव हिजो शनिवार बिहान भेटिएको थियो । रुपलालकी श्रीमती ३८ वर्षकी गोमा मगर र भतिजी १९ वर्षकी एलिसा मगरको शव आज आइतवार बिहान भेटिएको प्रहरीले जनाएको छ ।  घरमाथि खनेको सडकबाट ...

सम्बन्धित सामग्री

पहिरोमा बेपत्ता दुईजनाको शव ३७ घण्टापछि फेला पर्यो

पाँचथर । शुक्रबार राति पहिरोले घर बगाउँदा बेपत्ता भएका पाँचथरको फालेलुङ गाउँपालिका–७ का दुई जनाको शव ३७ घण्टापछि फेला परेको छ । शुक्रबार राति पहिरो गई घर बगाउँदा फालेलुङ–७ बिहीदिनका रुपलाल मगरको परिवारका तीन जना बेपत्ता भएका थिए । पहिरोमा पुरिएर बेपत्ता भएकाको खोजी गर्ने क्रममा ४२ वर्षीय रुपलालको शव हिजो बिहान फेला परेको थियो […]

पाँचथर पहिरोमा बेपत्ता दुईजनाको शव ३७ घण्टापछि फेला

पाँचथर । पहिरोले घर बगाउँदा बेपत्ता भएका पाँचथरको फालेलुङ गाउँपालिका–७ का दुईजनाको शव ३७ घण्टापछि फेलापरेको छ । शुक्रबार राति पहिरो गई घर बगाउँदा फालेलुङ–७, बिहीदिनका रुपलाल मगरको परिवारका तीनजना बेपत्ता भएका थिए । पहिरोमा पुरिएर बेपत्ता भएकाको खोजी गर्ने क्रममा ४२ वर्षीय रूपलालको शव हिजो बिहान फेलापरेको थियो । रूपलालकी...

पाँचथर पहिरो अपडेट : बेपत्ता भएकामध्ये घरमुली रूपलाल मृत भेटिए

काठमाडौं । पाँचथरमा पहिरोमा बेपत्ता भएकामध्ये एकजना मृत अवस्थामा भेटिएका छन् । अविरल वर्षासँगै पहिरो गएर पाँचथरको फालेलुङ गाउँपालिका–७ बिहीदिनमा एक घर बगाउँदा तीनजना बेपत्ता भएका थिए । उनीहरूमध्ये घरमुली रूपलाल मगरको शव भेटिएको घटनास्थलमा रहेका प्रहरी निरीक्षक (इन्सपेक्टर) सन्तोष राईले बताए । बाँकीको खोजिकार्य जारी रहेको उनले बताए । "हामी घटनास्थलमै छौँ । एकजना मृत...

पाँचथर पहिरो : बेपत्ता तीन जनामध्ये एक जनाको शव भेटियाे, दुई जनाको खोजी चल्दै

काठमाण्डाै - पाँचथरको फालेलुङ गाउँपालिका–७ विहीदिनमा पहिरोमा बेपत्ता भएका तीन जनामध्ये एक जनाको शव भेटिएको छ । पहिरोमा बेपत्ता भएका रुपलाल मगरको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । बेपत्ता उहाँकी श्रीमती ३८ वर्षीया गोमा र १९ वर्षीया भतिजी एलिसाको खोजी भइरहेको छ । गएराति खसेको पहिरोले फालेलुङ गाउँपालिका–७ विहीदिनका रुपलालको घर बगाएको थियो । घर बगाउँदा रुपलालका काका ७१ वर्षीय दलप्रसाद मगर भने उछिट्टिएर बाँच्न सफल हुनुभएको थियो । पहिरोले ढुङ्गा, माटोले बनेको घर तथा गोठ ...