नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले लिएको लाइसेन्स परीक्षामा ६२ प्रतिशत उत्तीर्ण भएका छन्। परिषदले असोज १ गतेदेखि ५ गतेसम्म लिएको परीक्षाको नतिजा बुधार साँझ प्रकाशित गरेको हो।
नेपाल स्वास्थ्य व्यवसायी परिषदले लिएको लाइसेन्स परीक्षामा ५६.८४ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्। परिषदले बिही, शुक्र र शनिबार लिएको परीक्षाको नतिजा आज सार्वजनि भएको हो।
नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले दोस्रो लाइसेन्स परीक्षाका लागि फारम खुल्ला गरेको छ । आगामी ८, ९ र १० पुसमा लिइने परीक्षाका लागि परिषद्ले सूचना जारी गरेको हो ।गत २१, २२ र २३ भदौमा परिषद्ले पहिलो दर्ता प्रमाणपत्र लाइसेन्स परीक्षा अनुत्तीर्ण हुने र अनुपस्थित हुने विद्यार्थीलाई समेत मध्यनजर गरी अनलाइन फारम भर्न आग्रह गरेको छ ।परिषद्का अनुसार १६ कात्तिकदेखि १५ मंसिरसम्म दिन दोस्रो लाइसेन्स परीक्षाका लागि आवेदन सकिनेछ । दोब्बर दस्तुर तिरेर २० मंसिरसम्म आवेदन दिन सकिने परिषदले जनाएको छ ।
नेपाल स्वास्थ्य व्यवसायी परिषदले पहिलो पटक लिएको नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा ६५ दशमलब ११ प्रतिशत उत्तीर्ण भएका छन्। परिषदले २१, २२ र २३ परीक्षा लिएको थियो।
नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा भदौ २१ ,२२ र २३ गते लिने भएको छ। यसअघि २ दिनमात्र परीक्षा सञ्चालन गर्ने तय गरेको परिषद्ले परीक्षार्थीको संख्या धेरै भएपछि ३ दिन परीक्षा लिने निर्णय गरेको हो।