रमेश खरेल काठमाडौं १ मा, रवी लामिछाने चितवन २ मा

मुलुकको संघीय राजधानी रहेको काठमाडौंको प्रमुख निर्वाचन क्षेत्र मानिने १ नं.मा नेपाल प्रहरीका पूर्वडीआईजी एवं नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराउनुभएको छ । यो क्षेत्रमा चर्चित नेताहरु नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, नेकपा एमालेबाट राष्ट्रिय युवा संघका अध्यक्ष किरण पौडेल र राष्ट्रिय स्वतन्त्र …