बीओकेका कार्डवाहकलाई दराज योजनामा २० प्रतिशतसम्म छुट

काठमाडौं (अस) । बैंक अफ काठमाण्डू (बीओके) का डेबिट तथा क्रेडिट कार्डवाहकले दराजको दशैं धमाका योजनामा २० प्रतिशतसम्म छुट पाउने भएका छन् । दराजले आउँदो पर्व अवसरमा असोज १० गतेबाट सञ्चालनमा ल्याएको दशैं धमाका योजनामा बैंकका कार्डवाहकले आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइन माध्यमबाट प्रि–पेमेन्ट गर्दा २० प्रतिशतसम्मको छुट सुविधा उपयोग गर्न सक्नेछन् । योजनाबाट आफूलाई आवश्यक सामान खरिद गरी अनलाइन माध्यममार्फत प्रि–पेमेन्ट गर्दा बैंकको डेबिट कार्ड प्रयोग गरे २० प्रतिशत वा अधिकतम २ हजार रुपैयाँसम्म छुट पाइनेछ । क्रेडिट कार्ड प्रयोग गर्दा पनि २० प्रतिशत वा अधिकतम २ हजार ५ सय रुपैयाँसम्म छुट रहेको बैंकले बताएको छ । यसबाहेक पनि छुट योजनामा ग्राहकले विभिन्न राष्ट्रिय/अन्तर्राष्ट्रिय ब्रान्डका सामान खरिद गर्न सक्नेछन् ।