हुण्डी रकमसहित वीरगञ्जबाट एक जना पक्राउ

काठमाण्डाै – पर्साको वीरगञ्जबाट हुण्डी रकमसहित एक जना पक्राउ परेका छन् । भारतको रक्सौलबाट नेपाल आउँदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार भारतका सोनु साहलाई तीन लाख १२ हजार रुपैयाँ र पाँच हजार दुई सय भारुसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी हुण्डी कारोबारी रहेको खुलेको पनि प्रहरीले जनाएको छ । पक्राउ परेका साहलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसारको कसुरमा अदालतबाट म्याद थपको आदेश लिएर थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ । 

सम्बन्धित सामग्री

नगदसहित एक जना पक्राउ

जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।