प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार प्रेस स्वतन्त्रता र पत्रकारको हितप्रति संवेदनशील रहेको बताएका छन् । प्रधानमन्त्रीको निवास बालुवाटारमा बिहीबार नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा उनले सरकार पत्रकार महासंघसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताए ।