काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले देशमा संवैधानिक व्यवस्थामाथि प्रश्न चिह्न खडा भएको भन्दै यही बेलामा धक्का दिएर आफ्नो पार्टीको मान्यता स्थापित गर्नुपर्ने बताउनुभएको छ ।
बुधवार राप्रपाको केन्द्रीय निर्देशन समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष थापाले देशको संवैधानिक व्यवस्थामाथि प्रश्न चिह्न खडा भएको बताउनुभएको हाे । उहाँले यस्तो बेलामा धक्का दिन सके राप्रपाको मान्यताहरू स्थापित हुने र पार्टी अग्रणी शक्तिको रूपमा स्थापित हुने बताउनुभयो । विगतका कमी–कमजोरीबाट पाठ सिक्दै, पा...