औपचारिक रुपमै अर्बपति बनिन् रिहाना

साउन २१, लन्डन (बेलायत) । बारबेडियन पप गायिका रिहाना औपचारिक रुपमा अर्बपति बनेकी छिन् ।  अमेरिकी आर्थिक पत्रिका फोर्ब्सका अनुसार १ अर्ब ७० करोड डलर नेटवर्थसहित रिहाना विश्वकै धनी महिला संगितकर्मी बनेकी हुन् । उनको कस्मेटिक्स कम्पनी फेन्टी ब्यूटीको मूल्य नै करीब १ अर्ब ४० करोड डलर भएको बताइएको छ ।  उनको बाँकी सम्पत्ति लिंगरी कम्पनी स्याभेज एक्स फेन्टीमा छ । सो कम्पनीको मूल्य करीब २७ करोड डलर भएको अनुमान गरिएको छ । यसबाहेक संगित र अभिनयबाट पनि उनले कमाई गर्दै आएकी छिन् ।  यो सँगै रिहाना ओप्रा विन्फ्रीपछि विश्वको सबैभन्दा धनी महिला इन्टरटेनर बनेकी छिन् । रिहानाले लक्जरी गूड्ज कम्पनी एलभीएमएचसँगको सहकार्यमा सन् २०१७ मा फेन्टी ब्यूटी लञ्च गरेकी थिइन् । एजेन्सी