सरकारी छाप र दस्तखत किर्ते मुद्दाका फरार अभियुक्त ३३ वर्षपछि पक्राउ

सरकारी छाप र दस्तखत किर्ते मुद्दामा फरार रहेका प्रतिवादी ३३ वर्षपछि  रुपन्देहीमा पक्राउ परेका छन् । १ वर्ष १ महिना ६ दिन कैद फैसला भए पनि फरार रहेका गैडहवा गाउँपालिका ६ मोजरहवाका ६४ वर्षीय मंगलप्रसाद यादव सोमबार पक्राउ परेका हुन् ।