झापाको मेची पुल प्रमबाट उद्घाटन भयो, सञ्चालनमा आएन
उद्घाटन भएर पनि पूर्ण सञ्चालनमा आउन नसकेको झापाको मेची पुलको समस्या समाधानमा अग्रसरता देखाइएको छ । गत माघ १७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले पुल उद्घाटन गरे पनि भारतीय पक्षले पुल जोड्नेतर्फ करिब चार सय मिटर सडक नबनाउँदा समस्या उत्पन्न भएको हो ।