नवलपुर । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सरकार विरुद्ध अविश्वासको प्रस्ताव आए प्रस्तावको पक्षमा उभिने निर्णय गरेसँगै मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ नेतृत्वको प्रदेश सरकार धरापमा परेको छ । बुधवार राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थनबारे भएको निर्णय सार्वजनिक गर्न वक्तव्य सार्वजनिक गर्दै अविश्वासको प्रस्तावमा समर्थन गर्ने प्रस्ट पारेका हुन् ।