बालकको बीभत्स हत्या

‘मेरो सोना राजा, मेरो अभि मलाई छोडेर कहाँ गयौ ?’ ३० वर्षीया रामपुकारी राय ५ वर्षीय छोरो अभिनन्दन खोज्दै भक्कानिँदै थिइन्। छोराहरू जेठो ११ वर्षीय दीपक, माइलो ८ वर्षीय करण र छोरी ८ महिनाकी आरुषीकुमारी साथमै थिए। छिमेकी र आफन्त उनीहरूलाई सम्झाइबुझाइ गरिरहेका थिए। दीपक पनि भक्कानो छाडेर रोइरहेका थिए। करण दाइ दीपकलाई भन्दै थिए, ‘म भाइसँग दुई दिनदेखि खेल्न पाएको छैन। मेरो भाइ ल्याइदेऊ।’ छोरा गुमाएको शोकमा रामपुकारी लुडीबुडी गरिरहँदा उनलाई छिमेकी मञ्जुदेवी रायले सम्झाइरहेकी थिइन्, ‘ज...