काठमाडौं – काठमाडौं उपत्यकामा आइतबार रातिदेखि भारी बर्षा भएको छ। सोमबार बिहानसम्म पनि बर्षा रोकिएको छैन। वर्षाका कारण बागमती र सहायक नदीमा जलसतह बढेको छ। खोकनास्थित जलमापन केन्द्रमा बागमतीको जलसतहले सतर्कता पार गरेको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। वर्षा जारी रहेकाले थप सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। सिन्धुलीमा पनि भारी वर्षा भएको छ। […]