दमौली, २४ साउन । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–५ कन्टारमा सडक भासिएको छ । दुई दिनदेखि परेको अविरल वर्षाका कारण आज दिउँसो १२ः३० बजे कन्टारमा सडक भासिएको हो । मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत काम भइरहेकाले सडक भासिएर राजमार्ग दुईतर्फी अवरुद्ध भएको वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले बताए । उनले भने, “सडक भासिएर राजमार्ग दुईतर्फी अवरुद्ध भएको छ, […]