विराटनगर महानगरपालिकाभित्र हुने भौतिक संरचनाको विकासमा समन्वय गर्न समिति गठन गरिएको छ । विराटनगर महानगरपालिकाका प्रमुखको संयोजकत्वमा विराटनगरभित्र रहेका संघीय र प्रदेश सरकार मातहत रहेका भौतिक विकाससँग सम्बन्धित कार्यालयका प्रमुख सदस्य रहने गरी समिति गठन गरेको हो । विराटनगर महानगरपालिकाको आयोजनामा भएको छलफलपछि गठित समितिले भौतिक विकासका आयोजनाहरू सञ्चालन गर्दा एकअर्का निकायबीच समन्वय गर्नेछ । […]