श्रीलंकामा अझै एक महिनालाई पुग्ने पेट्रोलियम पदार्थ रहेको सरकारले दावी गरेको छ। प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले बिहीबार संसद्लाई सम्बोधन गर्दै आगामी जुन मध्यान्तर सम्मलाई पुग्नेगरि पेट्रोलियम पदार्थ रहेको दावी गरेका हुन्।अहिले नै पेट्रोलियम पदार्थको अभाव भइनसकेको र अहिले भण्डारण गरिएको पेट्रोलियम पदार्थबाट थप एक महिनालाई पुग्ने उनको भनाई छ। डिजल, पेट्रोल लगायतका पेट्रोलियम पदार्थको चरम अभाव रहेको हल्ला चलेपछि अभाव र महँगी थप बढ्न थालेपछि प्रधानमन्त्री विक्रमासिङ्घेले यस्तो जवाफ दि