जग्गा प्लटिङ कार्यविधिले धनगढीमा विवाद, सर्वोच्च पुग्यो मुद्दा

८ पुस, धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी रहेको कैलालीको धनगढी उपमहानगरपालिकाको जग्गा प्लटिङसम्बन्धी कार्यविधिको विवाद सर्वोच्च अदालत पुगेको छ । उपमहानगरपालिका कार्यालय र मेयर गोपाल हमाललाई विपक्षी बनाएर कैलाली जग्गा तथा आवास विकास संघका अध्यक्ष उपेन्द्रप्रसाद अवस्थीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका हुन् । रिटको सुनुवाइ ११ पुसका लागि तोकिएको छ । उपमहानगरले […]

सम्बन्धित सामग्री

‘जग्गा प्लटिङ कार्यविधि’ विवाद: दलालको प्रलोभनमा फसेकै हुन कार्यपालिका सदस्य ?

कार्यविधिलाई लिएर मेयर गोपाल हमाल र कार्यपालिका सदस्य बिच विवाद उत्पन्न भएको छ। मौसम चिसिँदै गए पनि यो मुद्दाको सर्वत्र चर्चाले धनगढी तातिएको छ।...

जग्गा प्लटिङ कार्यविधि खारेजीको माग गर्दै प्रस्ताव दर्ता

धनगढी उपमहानगरपालिकामा जग्गा प्लटिङ कार्यविधि २०८० को विपक्षमा बहुसङ्ख्यक वडा अध्यक्षसहित कार्यपालिका सदस्य उभिएका छन्।

धनगढीमा विवादित जग्गा प्लटिङ कार्यविधि खारेजीका लागि प्रस्ताव दर्ता (भिडिओ)

कैलाली । विवादित बनेको धनगढीको जग्गा प्लटिङ कार्यविधि खारेजीका लागि प्रस्ताव दर्ता गरिएको छ । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले एकलौटी गरेर उक्त कार्यविधि राजपत्रमा प्रकाशित गरेको भन्दै बहुसङ्ख्यक कार्यपालिका सदस्यहरूले बुधबार उपमहानगरपालिकामा खारेजीको प्रस्ताव दर्ता गराएका हुन् । वडाध्यक्षसहितका कार्यपालिका सदस्यहरूले सामूहिक निर्णय गर्दै उक्त कार्यविधि खारेजीको पक्षमा उभिएका छन् । कार्यपालिका सदस्य चक्र […]