माधव नेपाल जनकपुर आउँदै

नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल पनि जनकपुर आउने भएका छन् । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेल, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्यक्रम गरेर फर्किएलगत्तै अध्यक्ष नेपाल पनि जनकपुर आउन लागेका हुन् । ७ मंसिरमा अध्यक्ष नेपाल जनकपुर आउने तय भएको नेकपा एस प्रदेश २ कमिटीले जनाएको छ ।अध्यक्ष नेपालले ७ गते तिनकोरियामा पार्टीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । ८ मंसिरमा लहानको कार्यक्रमलाई सम्बोधन गर्ने का

सम्बन्धित सामग्री

गठबन्धनभित्र वामपन्थीको चुनावी मोर्चा बन्न सक्छ : प्रचण्ड

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनभित्र वामपन्थीहरूको चुनावी मोर्चा हुनसक्ने बताएका छन्।जनकपुर विमानस्थलमा शनिबार पत्रकारहरुसँग कुराकानी गर्दै प्रचण्डले अहिले गठबन्धनभित्र वामपन्थी पृष्ठभूमिका सबैसँग कुराकानी भइरहेको बताए। ‘गठबन्धनभित्र भएका वामपन्थी पृष्ठभूमिका सबै समूहसँग कुरा भइरहेको छ। त्यसमा माधवजी (माधव नेपाल), उपेन्द्रजी(उपेन्द्र यादव), बाबुरामजी (बाबुराम भट्टराई) हुनुहुन्छ र अहिले त्यसमा वामदेवजी (वामदेव गौतम) पनि मिसिनुभएको छ।’

एमसीसी संसद्बाट पारित हुन्छ : निधि

जनकपुरधाम– नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले एमसीसी संसद्बाट पारित हुने बताएका छन् । जनकपुर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै नेता निधिले भने, ‘विगतमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल एमसीसीका पक्षमा देखिएको सक्रियताले गर्दा पनि उहाँहरूले एमसीसी अनुमोदन गराउनुहुन्छ भन्ने विश्वास गर्न सकिन्छ ।’एमसीसी पारित नभए देशको विश्वनियता नै […]

न्यायपालिकामा देखिएको द्वन्द्व छलफलबाट समाधान गर्नुपर्छः माधव नेपाल

जनकपुरधाम– नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले न्यायपालिकामा देखिएको द्वन्द्वलाई छलफलबाटै समाधान गर्नुपर्ने बताएका छन्। अध्यक्ष नेपालले यस समस्यालाई छिटोभन्दा छिटो समाधान गर्नुपर्ने आवश्यकता रहेको बताए। जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष नेपालले न्यायपालिकाभित्र समस्यालाई समाधान गर्न आपसमा समझदारी गर्नुपर्ने आवश्यकता रहेको बताए। ‘हामीले पनि प्रधानमन्त्रीलाई यो विषयमा पहल गर्न आग्रह गरिसकेका छौँ। न्यायापालिकाको […]

माधव नेपाल भेट्न प्रचण्ड एयरपोर्टबाट सिधै कोटेश्वर

काठमाडौं : नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गरेका छन्। पार्टी केन्द्रीय सदस्य महादेव यादवलाई श्रद्धाञ्जली दिन जनकपुर पुगेर फर्किएका प्रचण्ड विमानस्थलबाट सोझै नेपाल निवास कोटेश्वर पुगेका हुन्।  नेता नेपालका स्वकीय सचिव मोहन गाैतमले दुई नेताबीच भेट भएको तर कुराकानीका विषय भने जानकारी नभएको बताए। एमालेभित्रको विवाद मिलाउन कार्यदल सक्रिय रहेका बेला प्रचण्ड र नेपालबीच भएको भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ।  एमालेभित्र अध्यक्ष एवं प्रधा...

केपी ओलीले पार्टी सिध्याउने भयो भनेर वामदेवले मलाई भन्नुभयो : माधव नेपाल

काठमाडौं, १० बैशाख । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालले जनकपुर पुगेर अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता किन भाँडियो ? भन्नेबारे जवाफ दिएका छन् । आज (शुक्रबार) जनकपुरमा आयोजित कार्यक्रममा पत्रकाहरुसँग संक्षिप्त कुरा गर्दै उनले अध्यक्ष ओलीले फोन गरेर भेट्नको लागि आग्रह गरेको सुनाए । उनले भने,‘उहाँले ल भेटौं भनेर फोन गर्नुभयो । […]

ओलीसँग वार्ता असफल भएपछि माधव नेपाल जनकपुर हिँडे

काठमाडौं, ९ बैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीचको भेटवार्ता बिना निश्कर्ष सम्पन्न भएको छ । हिजो र आज भएको भेटवार्ताले पार्टीभित्रको आन्तरिक विवाद समाधान हुने विश्वास लिईएको थियो । तर, नेता नेपालले आजको वार्ताले आफू निराश भएको प्रतिक्रिया दिए । उनले वार्तास्थल होटेल मेरियटबाट बाहिरिने क्रममा […]

ओलीसँग वार्ता विफल भएपछि प्रदेश २ तिर लागे माधव नेपाल

नेकपा एमालेका वरिष्ठ नेपाल माधव कुमार नेपाल बिहीबार जनकपुर प्रस्थान गरेका छन् । प्रदेश नम्बर २ का विभिन्न कार्यक्रममा सहभागी हुनका लागि उनी जनकपुर प्रस्थान गरेका हुन् । उनी जनकपुर प्रस्थानअघि प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग होटल मेरियटमा वार्ता भएको थियो । तर दुई नेताबीचको वार्ता विफल भएको छ । नेता नेपालले रातोपाटीलाई प्रतिक्रिया दिँदै वार्ता ‘ब्याक टु मंगलमान’ को अवस्थामा रहेको लाक्षणिक प्रतिक्रिया दिए । उनको आशय वार्तामा कुनै सहमति नभएको भन्ने थियो ।&nbs

जनकपुर पुगेर ओलीमािथ खनिए माधव नेपाल

काठमाडौं, ३० चैत्र । नेकपा (एमाले) का नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीमा आलोचना र सुझाव दिनेलाई शत्रुवत् व्यवहार गर्न नहुने बताएका छन् । अखिल नेपाल महिला सङ्घ प्रदेश नं २ द्वारा आज जनकपुरधाममा आयोजित प्रदेशस्तरीय भेलामा नेता नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकपक्षीय रुपमा सञ्चालन गरेको आरोप लगाए । पार्टीमा भेदभाव बढ्दै […]