काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार भारतीय स्ठलसेनाध्यक्ष जनरल मनोज पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीबाट सुशोभित गरेकी छन्। पाँचदिने नेपाल भ्रमणमा आएका भारतीय स्थल सेनाका प्रमुख पाण्डेलाई राष्ट्रपति भण्डारीले राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित एक समारोहमा नेपाली सेनाको मानार्थ महारथीबाट सुशोभित गरेकी हुन्।