पौडेल–कोइराला समूहले वाग्मती प्रदेश सभापतिमा केसीलाई उठाउने

काठमाडौं । कांग्रेसको पौडेल–कोइराला समूहले वाग्मती प्रदेश सभापतिमा जगदीश्वर नरसिंह केसीलाई उठाउने भएको छ । बुधबार साँझ चाक्सिबारीस्थित प्रकाशमान सिंह निवासमा बसेको बैठकले केसीलाई सभापति उठाउने निर्णय गरेको हो। बैठकमा प्रकाशमान सिंह, रामशरण महत, गगन थापा, अर्जुन नरसिंह केसी सहितका नेता सहभागी थिए । संविधान सभा सदस्य केसी यसअघि लगातार दुईपटक नुवाकोटको सभापति थिए ।