सडक विभागको महानिर्देशकमा सापकोटा

१६ पुस, काठमाडौं । सडक विभागको महानिर्देशकमा शिवहरि सापकोटा नियुक्त भएका छन् ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नियुक्तिको पत्र दिएपछि शुक्रबार विभाग पुगेर सापकोटाले पदबहाली गरेका छन् । यसअघिका महानिर्देशक अर्जुनजंग थापाको स्थानमा सापकोटा महानिर्देशक बनेका हुन् । बिहीबारसम्म भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्माण महाशाखा प्रमुखका रुपमा रहेका  उनी यसअघि पनि महानिर्देशकको प्रमुख दावेदारका […]

सम्बन्धित सामग्री

एमसीसी सहयोगमा निर्मित प्रयोगशाला उद्घाटन

काठमाडौं । सडक विभाग, मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल) तथा मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) का प्रतिनिधिले मंगलवार सडक विभागमा निर्मित प्रयोगशालाहरूको उद्घाटन गरेका छन् । सडकको गुणस्तर दिगो बनाउन र दीर्घकालीन मर्मतसम्बन्धी आवश्यकता सम्बोधन गर्न एमसीए–नेपालले लिएको पहलमा सडक विभाग प्रमुख साझेदार हो । एमसीए–नेपालले गरेको प्रयोगशाला निर्माण तथा उपकरण जडान एमसीसी–नेपाल कम्प्याक्टको अनुदानमा सम्पन्न एक महत्त्वपूर्ण कोसेढुंगा भएको एमसीए–नेपालको विज्ञप्तिमा उल्लेख छ । सडक विभागका महानिर्देशक शिवहरि सापकोटा, यूरोप, एशिया, प्रशान्त तथा ल्याटिन अमेरिकाका लागि मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) का नायब उपाध्यक्ष जोनाथन ब्रुक्स तथा एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले ती प्रयोगशालाको संयुक्त रूपमा उद्घाटन गरेको विज्ञप्तिमा उल्लेख छ । उद्घाटन गरिएका आस्फाल्ट मिक्स डिजाइन प्रयोगशाला, सुपरपेभ आस्फाल्ट प्रयोगशाला, भण्डारण प्रयोगशाला तथा स कटिङ एवं कोर ड्रिलिङ उपकरण प्रयोगशालाले एमसीसीको ६ दशमलव ३८ अर्ब अनुदानमा कार्यान्वयन गर्न लागिएको सडक मर्मत आयोजनामा महत्त्वपूर्ण भूमिका खेल्ने बताइएको छ । उद्घाटन कार्यक्रममा सडक विभागका महानिर्देशक सापकोटाले एमसीसीबाट प्राप्त सहयोगलाई नेपाली सडकको गुणस्तर सुधारमा प्रयोग गर्न पाएको भन्दै खुशी व्यक्त गरे । यूरोप, एशिया, प्रशान्त तथा ल्याटिन अमेरिकाका लागि एमसीसीका नायब उपाध्यक्ष ब्रुक्सले नेपालसँगको एमसीसी साझेदारीले नेपाली जनताका लागि काम थालिसकेको जानकारी दिए । ‘यी अत्याधुनिक प्रयोगशालाहरूको उद्घाटन एमसीसी र नेपालबीचको साझेदारीका क्रममा एक महत्त्वपूर्ण कदम हो र यसले थप समृद्ध भविष्यतर्फको बाटो खोल्नेछ,’ उनले भने । एमसीए–नेपालका कार्यकारी निर्देशक विष्टले सडक मर्मतका लागि पहिलोपटक प्रयोग गर्न लागिएका नयाँ प्रविधि नेपालको सडक मर्मतसम्बन्धी अभ्यासका सन्दर्भमा नयाँ फड्को हुने विश्वास व्यक्त गरे । तीे प्रयोगशाला निर्माण तथा प्रयोगशालासम्बन्धी उपकरण हस्तान्तरण कार्य नेपाल सरकार र एमसीसीबीच २०७४ भदौ २९ गते हस्ताक्षर भएको एमसीसी नेपाल कम्प्याक्ट सम्झौताअन्तर्गत सडक मर्मत आयोजनाले उपलब्ध गराउने प्राविधिक सहयोगको एक अंश हो । एमसीए–नेपालले सडक विभागलाई सडक मर्मत आयोजनाअन्तर्गत करीब ४४ दशमलव ५३ करोड रुपैयाँ बराबरको प्राविधिक सहयोग उपलब्ध गराउनेछ । उक्त सहयोग सडक विभागका लागि प्राविधिक सहयोग, यातायात तथा सडकको भारवहन क्षमता मापनका लागि उक्त विभागको सूचनाप्रविधि एकाइको सबलीकरण र सडक मर्मतसम्बन्धी नयाँ प्रविधि तथा उन्नत आयोजना व्यवस्थापनसम्बन्धी प्रशिक्षण सञ्चालनमा परिचालन गरिनेछ । करीब १६ दशमलव ५९ करोड रुपैयाँ मूल्यको सुपरपेभ आस्फाल्ट मिक्स डिजाइनसम्बन्धी उपकरण तथा फलिङ वेट डिफ्लेक्टोमीटर लगायत उपकरण जडान गरिएको उक्त प्रयोगशाला भवन करीब ७३ दशमलव २० लाख रुपैयाँको लागतमा निर्माण गरिएको हो । प्रयोगशालामा जडित उपकरण सडक विभागद्वारा सञ्चालन गरिने सडक मर्मत आयोजनासम्बन्धी क्रियाकलाप तथा सडक विभागका प्राविधिज्ञका लागि नियमित रूपमा सञ्चालन गरिने प्रशिक्षणका लागि प्रयोग गरिने बताइएको छ ।