विश्वासको मत पाएपछि प्रधानमन्त्री प्रचण्ड भन्छन् : जिम्मेवारी अझै बढ्यो

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट तेस्रो पटक विश्वासको मत पाएसँगै आफ्नो जिम्मेवारी अझै बढेको प्रतिक्रिया दिएका छन्।बुधवार संसदमा विश्वासको मत लिएसँगै सञ्चारकर्मीहरुसँग प्रधानमन्त्री प्रचण्डले आफ्नो जिम्मेवारी बढेको प्रतिक्रिया दिएका हुन्। उनले राष्ट्र र जनताको पक्षमा तीव्र गतिमा राम्रो काम पूरा गर्ने आफ्नो जिम्मेवारी रहेको बताए। उनले आफ्नो काँधमा जिम्मेवारी अझै थपिएको बताए। उनले संयमित वातावरणमा लोकतान्त्रिक ढंगले विश्वासको मत पाएको पनि बताए।‘आजको संसदमा जीवन्त

सम्बन्धित सामग्री

खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड युगान्डा प्रस्थान गरेसँगै खड्कालाई कार्यवाहक जिम्मेवारी दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्ड युगान्डामा आयोजना हुने असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको १९ औँ शिखर सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेका छन् ।

कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी रक्षामन्त्री खड्कालाई

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त अरब इमिरेट्स (युएई) प्रस्थान गरेपछि कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कालाई दिइएको छ। बुधबार राती नै खड्कालाई राष्ट्रपति रामचन्द्र पौडेलले कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेका हुन्। राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै दैनिक प्रशासनिक कामको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डको सिफारिसमा उपप्रधानमन्त्री खड्कालाई दिइएको जनाएको छ । प्रधानमन्त्री प्रचण्ड […]

अर्थतन्त्र सुधार्न सरकारले अधिकतम प्रयास गरिरहेको छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्थतन्त्र सुधारका लागि सरकारले अधिकतम प्रयास गरिरहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घको ५७औंँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले मुलुक आर्थिक रुपले चुनौतीपूर्ण रहेको अवस्थामा आफूले जिम्मेवारी सम्हालेको र अहिलेको सङ्कटमोचन गर्ने अवसर यो सरकारलाई रहेको बताएका हुन् । ‘’सरकारको सम्पूर्ण तागत अर्थतन्त्रलाई लयमा ल्याउने र त्यसलाई […]

आज साँझसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीमा प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, माघ १ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज साँझसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेकका छन् । सोमबारको मन्त्रिपरिषद् पूर्ण बैठक बस्ने तयारी अनुसार आज मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका हुन् । पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले अहिलेसम्म तीन उपप्रधानमन्त्रीसहित ८ मन्त्री सरकारमा सहभागी भएका छन् । चार मन्त्रीलाई भने अहिलेसम्म जिम्मेवारी तोकिएको […]

सतप्रतिशत समर्थन निकै ठूलो जिम्मेवारी : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सतप्रतिशत समर्थन प्राप्त गर्नु निकै ठूलो जिम्मेवारी र चुनौतीपूर्ण रहेको बताएका छन्।  ११औँ गोरखा उद्योग वाणिज्य संघको उद्घाटन गर्न गोरखा आइपुगेका प्रधानमन्त्री प्रचण्डले सतप्रतिशत समर्थन प्राप्त गर्नु...

प्रेस स्वतन्त्रतामाथि अंकुश लाग्ने ऐन बन्न दिन्नँ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लाग्ने कुनै पनि ऐन तथा नियम बन्न नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।उनलाई बधाई दिन बिहीबार बालुवाटार पुगेको नेपाल पत्रकार महासंघको टोलीसँग उनले वर्तमान सरकार प्रेस स्वतन्त्रता र पत्रकारहरूको हितप्रति संवेदनशील रहेको बताए। उनले पत्रकार महासंघसँग सहकार्य गरेर अघि बढ्नेसमेत बताए।भेटमा प्रधानमन्त्री प्रचण्डले आफू देशका लागि केही नयाँ काम गर्ने संकल्पसहित प्रधानमन्त्रीको जिम्मेवारी लिएको भन्दै आफ्नो कार्