पोखरा महानगरमा गठबन्धनका आचार्य एमालेका थापा भन्दा करिब १८ सय मतले अगाडि

पर्वत : कास्कीको पोखरा महानगरपालिकाको प्रमुख पदमा गठबन्धनका उम्मेदवार धनराज आचार्यले विपक्षीसँगको मतान्तरलाई झन् झन् फराकिलो पार्दै लगेका छन्।मतगणना सुरु हुँदाको बेलामा झिनो अन्तरले उकालो लागेका आचार्यले एमालेका उम्मेदवार कृष्ण थापालाई सुरुबाट नै दबाबमा राख्दै क्रमिक रूपमा मतान्तर बढाउँदै लगेका हुन्। पछिल्लो पटक सार्वजनिक भएको ३४ हजार ६१३ मतको गणनाको नतिजामा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार आचार्यले १ हजार ८४५ मतले थापालाई पछाडि पारेका छन्।आचार्यको पक्षमा १४ हजार ३६२ मत आएको छ भने थापालाई १२