भिभोका नयाँ दुई स्मार्टफोन सार्वजनिक, यस्ता छन् विशेषता र मूल्य

भिभोले वाई सिरिज अन्तर्गत दुई नयाँ मोडलहरू सार्वजनिक गरेको छ । कम्पनीले वाई २२ एस र वाई १६ नेपालमा सार्वजनिक गरेको हो । भिभो वाई सिरिज नेपालमा बजेट मैत्री र युवा उन्मुखी स्मार्टफोनहरु भनेर परिचित छन् ।  सार्वजनिक भएका वाई २२ एस र वाई १६ प्रविधि, नवीनता र डिजाइनमा केन्द्रित ग्राहकहरूका लागि उपयुक्त स्मार्टफोन रहेका कम्पनीले दाबी गरेको छ ।‘नेपालमा वाई सिरिजले धेरै माया पाएको छ र युवा ग्राहकहरूको हृदयमा एक विशेष स्थान बनाउन सफल भएको छ, प्रयोगकर्ताहरूले दिनुभएको मायालाई कायम राख्न हामीले